प्रथम प्रधानमन्त्री नेहरूको सम्झना
पाेखरा | जेठ १३, २०७९
भारत: काङ्ग्रेसले शुक्रबार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उहाँको ५८ औँ वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेर सम्झेको छ । नेता नेहरूका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृतिसभामा उहाँका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् ।
प्रथम प्रधानमन्त्रीले नेहरू अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हाल्नु भएको थियो । आज कै दिन अर्थात् मे २७ १९६४ मा उहाँको निधन भएको थियो । काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरूप्रति पुष्पार्पणसहित श्रद्धाञ्जलि दिनुभयो ।
काङ्ग्रेसले पण्डित नेहरूलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उहाँको पुण्यतिथिमा करोडौं अभिवादन र अर्बौं श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरूप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

